काठमाडौं । संसद् विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ ।
बृहत् नागरिक आन्दोलनले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस टुँडिखेलतिर अघि बढेको छ ।
उनीहरुले नागरिक आन्दोलन जिन्दावाद, प्रतिगमन मुर्दावाद, गणतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । वृहत नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा अबका कार्यक्रमलाई १० बुँदे उद्देश्यमा केन्द्रित रहने अभियन्ताहरुले जानकारी दिए ।
कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, नागरिक अभिन्यताहरू सहभागी छन् ।
Leave a Reply