Online Nepal
  • बुधबार, २ माघ २०८१
  • केन्द्रीय सदस्यको नागरिकतासहित प्रचण्ड–माधब समूह निर्वाचन आयोग जाँदै

    केन्द्रीय सदस्यको नागरिकतासहित प्रचण्ड–माधब समूह निर्वाचन आयोग जाँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–माधब समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने भएको छ ।

    बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले दावी गर्दै आएको यो समूहले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने भन्दै आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।



    त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा अहिले १२ बजे भेला हुन भनिएको छ । नेकपाका ४४१ जना केन्द्रीय सदस्यमा १२९ मात्रै केपी ओली खेमामा रहेका र अन्य केन्द्रीय सदस्यहरू आफ्नो समूहमा रहेको दावी गर्ने प्रचण्ड-नेपाल समूह आज आयोग जान लागेको हो ।



    गत पुस ५ गते सरकारले संसद् विघटन गरेलगत्तै नेकपा दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।

    दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार