Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपाल-जापान कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुरः जापानी राजदूत

    नेपाल-जापान कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुरः जापानी राजदूत

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि जापानी राजदूत मासामिची साइगो बीच बिदाइ भेटवार्ता भएको छ ।

    राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।



    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताए ।



    सो क्रममा जापानी राजदूत सइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका थिए ।

    उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार