Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘लोकतन्त्र, गणतन्त्र र संविधान रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन’

    ‘लोकतन्त्र, गणतन्त्र र संविधान रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन’

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल समूह लमजुङले आज बेंसीशहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको तथा देश, जनता र संविधान रक्षाका लागि सर्वोच्च अदालतले त्यसलाई सच्याउनेमा आफू आशावादी रहेको बताए ।



    उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प छैन ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूह निरन्तर आन्दोलनमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार