Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियामाथि अमेरिकी भ्याक्सिन चोरीको प्रयास गरेको आरोप

एजेन्सी । उत्तर कोरियालाई अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप लागेको छ ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका भएपनि अहिलेसमम कुनै डाटा चोरी भएको वा नभएको विषय स्पष्ट भने भएको छैन् ।

दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर अधिकारीहरुले विधायकहरुलाई गोप्य जानकारी दिएका छन् । अमेरिकी कम्पनी फाइजरले भने अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन ।

उत्तर कोरियामा कोरोना भाइरसको एउटै पनि संक्रमण भएको घटना अहिलेसम्म बाहिरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077