Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • एक वर्षपछि उत्तर कोरियाली नेता पत्नीसहित सार्वजनिक कार्यक्रममा

    एक वर्षपछि उत्तर कोरियाली नेता पत्नीसहित सार्वजनिक कार्यक्रममा

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। उत्तर कोरियाका नेता किम जोङ -उनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

    री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।



    प्राय किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्।



    दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोभिड-१९ को डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो।

    उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन।रोडोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो।

    तस्बिरहरूमा उनीहरू हाँसेको देखिनुका साथै मास्क र सामाजिक दूरी देखिएको छैन।

    सरकारी सञ्चारमाध्यममा एक पटक फेरि उनलाई राष्ट्रपति लेखिएको छ र पहिले प्रयोग गर्ने गरिएका आधिकारिक पद सभापति प्रयोग गरिएको छैन।

    पहिलो पटक गत साता उत्तर कोरियाली समाचारसंस्थाले पहिलो पटक उनलाई राष्ट्रपति लेखेको थियो। बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार