Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल प्रहरीद्वारा दिल्लीबाट महिला र बालकको उद्धार

    नेपाल प्रहरीद्वारा दिल्लीबाट महिला र बालकको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले दिल्लीबाट एक महिला र बालकको उद्धार गरेको छ। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका ती महिला र बालकको उद्धार गरेको हो ।

    सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएकी २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो ।



    उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय नागरिक बिहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएको भन्ने पीडितका आफन्तको निवेदन र फोटो सहितको विवरण प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त हुनासाथ पीडितको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग आवश्यक समन्वय भएको थियो ।



    इन्टरपोल शाखाको समन्वय पश्चात भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको इन्टरपोल शाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार