काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली मंगलबार साँझ ७ः१० बजे शितल निवास प्रवेश गरेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली आकस्मिक रुपमा राष्ट्रपतिसँगको भेटका लागि बारम्बार शितल निवास जाने गरेका छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा राजनीतिक संकट देखिएको छ ।
नेकपाकै प्रचण्ड–नेपाल समूहलगायत नेपाली कांग्रेस, जनता समाजवादी पार्टी प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोधमा सडक संघर्षमा छन्। संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको माग छ। संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।
Leave a Reply