Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको आपत्ति, सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी

    बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको आपत्ति, सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा भएको आक्रमण निन्दनीय भएको भन्दै घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय भएको भन्दै घटनाका दोषीहरुलाई तत्काल कारबाही गर्न माग गर्दै सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी समेत दिएका छन् ।



    प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ ।यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार