Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • न्यायाधीशकै सामुन्ने कर्मचारीबीच अदालतमा कुटाकुट

    न्यायाधीशकै सामुन्ने कर्मचारीबीच अदालतमा कुटाकुट

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 4.4K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीशकै सामुने कर्मचारीबीच कुटाकुट भएको छ ।

    इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा हुँदा हात हालाहाल भएको हो ।



    न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका हुन् । नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो । अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो ।



    अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको बताए । निरौलाले भने , ‘’घटना भएको छ । दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन् । सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ । उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ । हामी अनुसन्धानका क्रममा छौँ । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुन्छ ।’
    १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भए।

    निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ । मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए ।

    नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो । घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार