Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

हेटौडा । बागमती प्रदेश सभाको बैठकले बुधबार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ आज सचिवालयमा दर्ता भएको छ ।

फागुन ५ गते बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसी सोही दिन दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको प्रमुख सचिव खड्को जानकारी दएि ।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077