Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दरबारले हुर्काएका कम्युनिष्टहरु राजा बन्न खोज्दा देश संकटमा : देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब नभएको बताएका छन्।

कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि बताए ।

उनले भने–‘वर्तमान सरकारलाई जनताको कुनै वास्ता छैन । र हामीलाई नेकपाको झगडाको तमासा हेर्न फुर्सद पनि छैन ।’

दुई तिहाई बहुमतको नेकपाको झगडाका कारण नेपाली कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताउँदै उलने भने–‘हामीलाई राजाले निकै दुःख दिए, कम्युनिस्टलाई राजाले हुर्काएका हुन् । अहिले यिनै कम्युनिस्ट राजा बने ।’

जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय नगर्ने दोहोर्‍याउँदै देउवाले भने–‘जुलुस हेरेर निर्णय गर्ने होइन । अदालतको निर्णय हामीलाई मान्य छ । अदालतभन्दा ठूलो अदालत जनता हुन् ।’

अदालतको विचाराधीन मुद्दामा ‘यो गर, त्यो गर’ भन्न नमिल्ने भन्दै उलने भने–‘अदालतको निर्णय कुरौँ, अनि पार्टीले के गर्ने तय गरौँला भनेको हुँ । यस्तोभन्दा हाम्रा साथीहरु कोही के कोही के भनिरहेका छन् ।’

निर्वाचन आयोगको भूमिकामाथि प्रश्न गर्दै देउवाले आयोगले ढिलाई गर्नु रहस्यमय भएको बताए ।

सभापति देउवाले भने–‘संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने हो । तर आयोगलाई चासो नै छन । ुकिन आयोगले चुनावको कार्यतालिका ल्याउँदैन, शंका गर्ने बेला आएको छ । अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077