चितवन। नेपालल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुस्पकमल दहाल ‘प्रचण्ड’ले आउँदो बैशाखमा कुनै पनि हालतमा चुनाव नहुने ठोकुवा गरेका छन् ।
चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने–‘चुनाब जनता भुलाउने नाटक हो । चुनाब हुन गरिएको प्रतिगमन होइन तपाइँहरु प्रष्ट हुनुस चुनाब हुँदैन ।’
चुनाबको कुनै अर्थ नरहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलार्इ प्रहार गरि चुनाबको मिति तोकिएको दावी गरे ।
प्रधानमन्त्री ओलीले लामो बलिदानीबाट प्राप्त भएको उपलब्धि धरापमा पारेको आरोप लगाउँदै उनले ओलीको संसद विघटन, संवैधानिक नियुक्तिलगायतका विरुद्धमा आम नेपाली एकजुट हुनु पर्ने बताए ।
काठमाडौमा भएको आमसभाले जनता प्रधानमन्त्रीको विरुद्धमा रहेको पुष्टि गरिसकेको दावी गर्दै उनले प्रधानमन्त्री ओलीको कदमको आम नेपालिको हितमा नभएकाले सबै मिलेर परास्त गर्नु पर्नेमा जोड दिए ।
Leave a Reply