काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्रीविरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न आदेश दिएको हो ।
रिट निवेदक अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार लिता निवास जग्गा प्रकरणमा अख्तियार र विशेष अदालतमा रहेका फाइल झिकाएर प्रमाण बुझ्न सर्वोच्चले आदेश दिएको हो ।
अधिवक्ता न्यौपानले नेपाल र भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
Leave a Reply