Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेपाल भारतको सहयोगी भएपनि चिनियाँ लगानी बढेको भन्दै नरवणेको चिन्ता

    नेपाल भारतको सहयोगी भएपनि चिनियाँ लगानी बढेको भन्दै नरवणेको चिन्ता

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    एजेन्सी। भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले  वास्तविक नियन्त्रण रेखा (एलएसी) चीनको सैन्य हस्तक्षेप र यथास्थिति यथास्थिति परिवर्तन गर्ने प्रयासले दुवै देशहरुबीच झगडा भएको वताएका छन् ।

    जनरल नरभाणेले   चीनको मनोवृत्तिले गर्दा भारतको विश्वास भंग भएको दाबी गरे ।



    भारतीय संचारमाध्यम जनसत्तामा प्रकाशित समाचारका अनुसार  नरभाणेले बढ्दो सुरक्षा चिन्ताको कारण देशको उत्तरपूर्वी क्षेत्रहरुमा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रको क्षेत्रीय र आन्तरिक सुरक्षा जोडिएको उल्लेख गरे । यो कार्यक्रम असम राइफल्स र संयुक्त सेवा संस्थाको वार्षिक सेमिनारमा आयोजना गरिएको थियो।



    यस अवसरमा सेना प्रमुख नरवणेले  नेपाल परम्परागत रूपमा भारतको सहयोगी भएको  तर हालसालै चिनियाँ लगानी बढेको भन्दै चिन्ता व्यक्त गरे ।

    सोही समयमा भूटानले यस दिशामा सावधानीपूर्वक कदम चालेको  र बंगलादेशसँग भारतसँगको सम्बन्ध सुदृढ भएको पनि वताए ।

    अखबारका अनुसार उनले  तीनै देशहरूको समिकरणले उत्तरपूर्वलाई असर गरिरहेको  र सेनाले यी परिवर्तनहरूको नजर लगाइरहेको वताएका थिए । सेनाका अधिकारीहरू यस बारे सतर्क रहेको उनको भनाइ थियो ।

    यता,भारतका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार संसदमा पूर्व-लद्दाखको वर्तमान स्थितिमा बयान दिएका छन्।

    ‘म सदनलाई बताउन पाउँदा खुसी छु कि हाम्रो दृढ मनसाय र स्थायी वार्ताले पेङगोङ तालको उत्तर र दक्षिण किनारमा चिनियाँ सेना  पछाडि हटेको , उनले भने।

    पूर्वी-लद्दाखमा भारत-चीन सीमा (वास्तविक नियन्त्रण रेखा) मा लगभग १० महिनादेखि दुई देशबीच तनाव रहेको छ।

    यो सीमा विवाद सुल्झाउन दुई देशबीच नौ चरणमा उच्चस्तरीय सैन्य वार्ता भएको छ र यस बीचमा भारत सरकारले निरन्तर कुरा गरिरहेको छ।

    वार्ताबाट शान्ति पुनर्स्थापनाको लागि भारतले प्रयास गरिरहेको पनि उनले वताए । सिंहले भने, ‘हाम्रो सेनाले यस पटक यो पनि प्रमाणित गर्‍यो कि उनीहरु भारतको सार्वभौमिकता र अखण्डता जोगाउन हरेक चुनौतीको सामना गर्न सधैं तयार छन्।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार