Online Nepal
  • बुधबार, २ माघ २०८१
  • बुटवलमा आज शक्ति प्रदर्शन गर्दै ओली समुह

    बुटवलमा आज शक्ति प्रदर्शन गर्दै ओली समुह

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    बुटवल ।  प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्दैछन् ।

    शनिबार हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने ओली समुहले दाबी गरेको छ । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए ।



    आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने ओली समुहको दाबी छ । दिउँसो साढे १२ बजे सुरु हुने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ ।

    त्यसअघि प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको बिहान साढे १० बजे शिलान्याश गर्नेछन् । लुम्बिनी केबलकार प्रालिको आधार स्टेसन बुटवलमा छ भने अन्तिम स्टेशन पाल्पा जिल्लाको वसन्तपुर रहेको छ । लुम्बिनी केबलबार प्रालिका सञ्चालक तेजबहादुर विश्वकर्माले बिहान ९ बजेपछि बुटवलको बम्घाटमा केबलकार शिलान्याश हुने बताए ।

    केबलकारको बुटवल ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । लुम्बिनी केबुलकार प्रालिका सञ्चालक विश्वकर्माले ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुने बताए ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार