Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शताब्दी पुरुष सत्यमोहन र उनकी पत्नी राधादेवीले मरणोपरान्त शरीर दान दिने

    शताब्दी पुरुष सत्यमोहन र उनकी पत्नी राधादेवीले मरणोपरान्त शरीर दान दिने

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका छन् ।

    जोशी दम्पत्तिले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने जानकारी गराएका हुन् ।



    औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भएपनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ ? भन्ने जानकारी मिलोस् भनेर पनि दान गर्न लागिएको उनले स्पष्ट पारे ।



    जोशीले भनेका छन्–‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम्’ भन्ने, सोही अनुसार पनि म १०० वर्ष त बाँचिसकेँ । यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो ? मुटुको अवस्था कस्तो छ ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरुले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार