काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली सुन दिएर ५५ लाख रुपैयाँ ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ६ जना माघ १२ गते काठमाडौं माहानगरपालिका ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई सक्कलि सुन हो भनि १ किलो पहेलो धातु दिएर ५५ लाख ठगी गरी फरार भएका थिए ।
पीडितले आफू ठगीएको भनी महाशाखामा २६ गते निवेदन दिएका थिए । पीडितले ठगि कार्यमा संलग्न ब्यक्तिहरुको अनुसन्धान तथा पक्राउ गरी कानुन बमोजिम कारबाही गरी पाऊ भनि निवेदन दिएलगत्तै खोजिकार्यमा खटेको महाशाखको टोलीले २ दिनभित्रै उपत्यकाको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा माछापोखरी–१६ बस्ने भुम्लु गाउँपालिका–५, काभ्रेका ३२ वर्षिय सन्त बहादुर लामा, किसपाङ गाउँपालिका–१, नुजेत नुवाकोट स्थायी घर भई हाल तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने ४५ वषिय ऋषमान घले, ३५ वर्षिय जित भन्ने मेख तामाङ, २० वर्षिय चन्द्र भन्ने जेरि तामाङ र तारकेश्वर जरङगु बस्ने २६ वर्षिय राज तामाङ रहेका छन् ।
त्यसैगरी अनारमनि–१, बिर्तामोड झापा स्थायी घर भई हाल ताहाचल बस्ने ५३ वर्षिय पप्पु भन्ने अभय कुमार चौधरी पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद ९ लाख ५० हजार, ठगी गरेको रकमबाट खरिद गरेको २ थान मोटरसाईकल र ५ थान मोवाइल बरामद गरेको छ ।
पक्राउ परेका छ जनालाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।