एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा ९५ रनले पराजित गरेको छ । पहिलो टेस्ट ७ विकेटले जितेको पाकिस्तानले दोस्रो टेस्टमा सोमबार दुई टेस्टको शृंखला २–० ले जित्दै क्लिन स्विप गरेको छ ।
सोमबार घरेलु मैदानमा दोस्रो टेष्ट खेलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले ९५ रनले पराजित गर्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्विप गरेको हो । पाकिस्तानले दक्षिण अफ्रिकालाई सन् २००३ पछि पहिलो पटक टेष्ट सिरिजमा पराजित गरेको हो ।
जितका लागि ३ सय ७० रन पछ्याएको दक्षिण अफ्रिका पाँचौँ तथा अन्तिम दिन २ सय ७४ रन बनाएर अलआउट भएको थियो । हसन अलीले पाँच विकेटको लिएपछि दक्षिण अफ्रिका हार बेहोर्न बाध्य भयो ।
एडेन मारक्रम र टेम्बा बभुमाले चौथो विकेटका लागि शतकीय साझेदारी गरेर जितको लक्षण देखाएक थिए। तर अलीले मारक्रमसँगै कप्तान क्विन्टेन डि ककलाई लगातार बलमा आउट पारेपछि पाकिस्तानको जितको आधार तयार भएको थियो ।
Leave a Reply