Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भरुवा बन्दुक, बारुद र गोलीसहित एकजना पक्राउ

    भरुवा बन्दुक, बारुद र गोलीसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 2.4K
    SHARES

    पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हरिनास गाउँपालिका ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर राना रहेका छन् ।



    सोमबार दिउँसो पक्राउ परेका रानाको घरको कोठाबाट १ थान भरुवा बन्दुक, बारुद, सीसाका छर्रा ३१ थान, एक राउण्ड गोली र बन्दुकमा प्रयोग हुने चापघोडा २ थान बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।



    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार