काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद बैठकमा अध्यक्ष प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली रक्षात्मक अवस्थामा गइसकेको बताए ।
‘केपी ओली अब रक्षात्मक हुनेतिर गइसके। उनीहरु डिफेन्सिप हुने वातावरण बनिसक्यो,’ उनले भने। उनले वातावरण विस्तारै सकारात्मकतिर गएको र यसले प्रतिक्रान्तिकारीहरुलाई हराइ छोड्ने बताए। अध्यक्ष प्रचण्डले माघ २३ गते गरेको जनप्रदर्शनमा ३५ हजार बढी मानिस सहभागी नभएपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा गइसकेको दावी गरेका हुन्।
‘ओलीले माघ २३ गते काठमाडौंमा गरेको जनप्रदर्शनमा ३ लाख जनता उतार्ने धाक दिएपनि ओलीका सेक्युरिटीले नै ३०/३५ हजारभन्दा बढी मानिस नआएको भनेपछि उनीहरुबीच नै विवाद भयो,’प्रचण्डले भने।
Leave a Reply