चितवन । नारायणगढमा आज साँझ हुन लागेको मिलन अमात्य नेवारनी र विन्दु परियारको सांगीतिक कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन्। न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारको आयोजनामा आज सांगीतिक साँझ हुन लागेको हो ।
कोरोनाको त्रासले आक्रान्त भएको नेपाली संगीत पारखीलाई संगीत मनोरञ्जनका लागि राष्ट्रिय कलाकारको साथमा विशेष सांगीतिक कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक सुरेश जोशीले बताए ।
सांगीतिक साँझ विशुद्ध पारिवारिक रहेको जोशीको भनाई छ । स्वास्थ्य सावधानीका साथ गरिने कार्यक्रममा करिब १ सय ५० दर्शक सहभागी हुने आयोजकको दावी छ । कार्यक्रममा ३ वटा नृत्य प्रस्तुति समेत हुनेछन् । कार्यक्रममा सहभागी हुन रु १ हजारका टिकटको व्यवस्था गरिएको छ ।
कार्यक्रमबाट हुने आम्दानी रेविका बाल प्रतिष्ठानलाई सहयोग गरिने न्यु इकोच रेस्टुरेन्ट एण्ड हुक्का बारका संचालक दिपक बस्नेतले बताए ।
गायिका मिलन नेवारको फुल बुट्टे सारिमा लगायत गित चर्चित छन् । त्यस्तै विन्दु परियारको पर्ख पर्ख मायालु बोलको गित चर्चित छ ।
Leave a Reply