कैलाली। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन नबित्दै बैतडीमा अर्को घटना घटेको छ।
बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । घटनाको बिषयमा सिआईबी र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको छ।
उता, आजै बैतडीकी पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरी हत्या गरेका छन् ।
५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजे सामान्य घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए ।
गाली लागेर घाइते भएकी छोरीको मृत्यु भइसकेको प्रहरी स्रोतले वतायो ।
बन्दुकसहित महरा जंगल भागेका महराको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक बेलमतीका १ वर्षका छोरा पनि रहेका छन् ।
Leave a Reply