Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • टुटल र पठाओको विरोधमा ट्याक्सी व्यवसायी

    टुटल र पठाओको विरोधमा ट्याक्सी व्यवसायी

    ‘कालो नम्बर प्लेट र रातो नम्बर प्लेटको अर्थ के हो सरकार ?’

    अनलाइन नेपाल
  • शनिबार, २४ माघ २०७७
  • 3K
    SHARES

    काठमाडौं । ट्याक्सी व्यवसायीहरुले गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै त्यसलाई बन्द गराउन माग गरेका छन् ।

    नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनका क्रममा उनीहरुले निजी सवारी साधनले समेत भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरे ।



    प्रदर्शनकै क्रममा उनीहरुले माघ २२ गते नेकपाको दाहाल–नेपाल समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न समेत माग गरेका छन् ।

    प्रदर्शनमा उनीहरुले ‘अबैधानिक रुपमा सञ्चालनमा रहेका टुटल र पठाओ बन्द गर’, ‘ट्याक्सी आयोग गठन गर’, ट्याक्सी आगजनी तथा तोडफोड गर्ने अपराधिलाई कानुनी कठघरामा ल्याई कारबाही गर’, ‘आठ वर्षदेखि नबढेको भाडा समय सापेक्षा समायोजन गर’, भाडाको सवारी साधनको कालो नम्बर प्लेट र निजी कारको रातो नम्बर प्लेटको अर्थ चाहियो सरकार’ जस्ता प्लेकार्ड बोकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार