Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीले देशलाई गृहयुद्धतर्फ धकेलेको योगेश भट्टराईको आरोप

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी ओलीले देशलाई गृहयुद्धतर्फ धकेलेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले धादिङबेंसीमा शुक्रबार गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले पूर्ण बहुमतको सरकार रहँदारहँदै विकास र स्थायी शान्तिको पथमा लम्किँदै गएको देशलाई गृहयुद्धतर्फ धकेलेको आरोप लगाए ।

ओलीले भिडन्त र युद्ध चाहेको र त्यही इच्छा पूरा गर्नका लागि संविधान मिचेर संसद् विघटन गरेको उनको आरोप थियो । उनले भने, ‘हामी शान्ति चाहन्छौं, ओली र तिनका आसेपासे मण्डलेहरु युद्ध र अशान्ति चाहन्छन्, त्यत्रो जनयुद्धलाई समेत शान्तिपूर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिँडाइरहेको देशलाई गृहयुद्धमा धकेल्न प्रधानमन्त्री उद्यत हुनुभयो ।’

संविधानका कुनै पनि धारा उपधारा र दफाले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको भट्टराईको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077