Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलको अक्सनमा ८ नेपाली खेलाडी समावेश

काठमाडौं । फेब्रुअरी १८ बाट हुने फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा ८ नेपाली खेलाडी समेटिएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् । अक्सनमा परेका खेलाडी को–को हुन् भनेर खुलाइएको छैन ।

यतिधेरै नेपाली खोलडी अक्सनमा पहिलो पटक परेका हुन् । यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएका थिए ।

बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८१४ र बाहिरका २८३ खेलाडी अक्सनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077