Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

    दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 1.6K
    SHARES

    धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन् ।

    समता फाउण्डेशनले आज जनकपुरधाममा गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको बताए। मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५/१० वर्षपछि समाजले अनूभूति गर्ने बताए ।



    संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै आएको बताएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार