Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या

    १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.6K
    SHARES

    धनगढी । बैतडीमा बलात्कारपछि हत्या गरेर फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

    जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको प्रहरीले जनाएको छ ।



    बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा लडालेक जंगलमा फेला परेको मृतकका हो ।



    किशोरीको शव फेला परेको जानकारी आइसकेपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल, चिकित्सक र प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

    घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत पुगिसकेको प्रहरी नायव परीक्षक अधिकारीले बताए ।

    भट्टको शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेर फालिएको आशंका गरिएको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार