Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘केपी ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइयो’

    ‘केपी ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइयो’

    अनलाइन नेपाल
  • बिहिबार, २२ माघ २०७७
  • 2.3K
    SHARES

    जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा जनकपुरमा आतङ्क मच्चाइएको बताएका छन् ।

    प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालमा खटिएका यादवले मुलुकभर शान्तिपूर्णरूपमा आमहड्ताल भइरहँदा जनकपुर तनावग्रस्त बनाउन ओलीको ठाडो निर्देशन दिएको उनको दावी थियो ।



    “हामी शान्तिपूर्णरूपमा जुलुस अगाडि बढाइरहेका थियौँ । भानुचोकमा आइपुगेका थियौँ । म त अगाडिअगाडि थिएँ,” उनले भने, “प्रहरीले हानहान भनेको सुनेँ । केपी ओलीले पहिल्यै निर्देशन दिइसकेका रहेछन् । प्रहरीले अश्रु ग्यास र हवाइ फायर एक्कासि सुरु गर्यो । हाम्रा धेरै साथी घाइते छन् ।”



    यादवको खुट्टामा अश्रु ग्यासको सेल लागेको र रामचन्द्र झाको टाउको फुटेको उनले बताए । झाको टाउकामा ६ टाँका लगाइएको पनि उनले बताए । केही आन्दोलनकारी प्रहरीको नियन्त्रणमा रहेको र आमहड्तालमा उत्रिएकाहरूले प्रतिरोध पनि गरेको यादवको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार