Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हड्ताल गर्नेलाई कारबाही गर्छौँ, निर्धक्कसाथ यातायात तथा व्यवसाय सञ्‍चालन गर्नुस् : गृह मन्त्रालय

काठमाडौं । सरकारले बिहीबार निर्धक्क र पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्‍चालन गर्न आग्रह गरेको छ ।

संवैधानिक निकायमा सार्वजनिक सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि आम हड्तालको घोषणा पछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077