Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन

    ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ ।

    काठमाडौंको बबरमहलस्थित एक प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई पार्टीबाट हटाउन गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको श्रेष्ठले जानकारी दिए ।



    प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय कमिटी बैठकले घोषित संघर्षका कार्यक्रम सफल पार्न सिङ्गो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ ।



    पार्टीको आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार