Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

काठमाडौं । धादिङमा ट्रक दुर्घटना २ जनाको मृत्यु भएको छ।

सिम्लेमा भएको सवारी दुर्घटनामा ट्रकमा सवार दुई जनाको ज्यान गएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति पुगेको छ ।

घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077