Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक सर्‍यो

    प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक सर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । अन्तिम समयमा आएर नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक सरेको छ ।  बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ ।

    प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।



    टवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।



    यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक कामको भन्डाफोरका लागि बैठकले केही ठोस निर्णय गर्ने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार