Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अख्तियारको मुद्दा खेपेकालाई करोडौंको ठेक्का, मन्त्री त्रिपाठी नै भ्रष्टका संरक्षक !

    अख्तियारको मुद्दा खेपेकालाई करोडौंको ठेक्का, मन्त्री त्रिपाठी नै भ्रष्टका संरक्षक !

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 3.4K
    SHARES

    धरान । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गरेका मनपरी कामलाई हालका स्वास्थ्यमन्त्री  हृदयेश त्रिपाठीले लाहछाप लगाउने काम गरेको पाइएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का दिँदा समेत मन्त्री त्रिपाठी मौन बसेको आरोप लागेको छ ।

    अख्तियारको मुद्दा खेपिरहेका ठेकेदार चेतन अग्रवाल तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन्।



    उक्त मुद्दामा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। कोभिड अस्पताललाई आवश्यक सामग्री खरिद गर्दा कोभिड मूल्यांकन समितिको सिफारिस लिनुपर्ने प्रावधान छ। तर, निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै उक्त ठेक्का दिएका थिए।



    उपकुलपति डा. गिरीले कानुनविपरीत खरिदमा दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा. कृष्ण पोखरेलले त्यही क्रममा राजीनामा दिएकी थिइन्। कानुन मिचेर विभिन्न उपकरण र औषधि खरिद गर्न नमानेपछि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई पनि अन्यत्र सरुवा गरिएको थियो।

    कालोसूचीमा राख्नुपर्ने व्यक्ति खोजी–खोजी ठेक्का दिने गरिएको छ। चेतन मात्र यसको उदाहरण होइनन्, अक्सिजन प्लान्ट बनाउने ठेक्का पाएका विज्ञान अर्यालले सम्झौताअनुसार काम गरेनन्।

    देशकै प्रतिष्ठित स्वास्थ्य संस्था बीपी प्रतिष्ठान आर्थिक अनियमितता गर्ने अखडा बनेको छ। दक्ष जनशक्ति उत्पादन, चिकित्सा अनुसन्धान र विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको प्रतिष्ठान लुटेर खाने थलो बनेपछि धरानवासी चिन्तित भएका छन्।

    गिरी जेठमा उपकुलपति भएर आउनुअघि प्रतिष्ठान ३२ करोड रुपैयाँ घाटामा थियो। त्यसयता ८ महिनामा यसको घाटा बढेर एक अर्ब ७ करोड पुगेको व्यवस्थापन उच्च स्रोतले जानकारी दियो। ‘प्रतिष्ठान ओरोलो लाग्नुमा उपकुलपति डा। गिरी, राजिस्ट्रार डा.मोहनचन्द्र रेग्मीलगायत उच्च पदाधिकारीको अनियमितता मुख्य कारण हो’, स्रोत भन्छ।

    प्रतिष्ठानका पूर्वपदाधिकारी डा. बलभद्र दास, डा.आरके रौनियार, तुलबहादुर श्रेष्ठ, अरविन्द सिन्हा, कर्मचारी अमित श्रीवास्तव, दिनेश दाहाल, रुपा अग्रवाल, रमेश खतिवडालगायत विरुद्ध भ्रष्टाचार मुद्दा लागिसकेको छ। त्यो घटनाले वर्तमान नेतृत्व र व्यवस्थापनलाई निरुत्साहन गरेको छैन।

    प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. राजकुमार रौनियार सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरी मुद्दा चलाएपछि उनी स्वतः निलम्बनमा परे। उनीविरुद्ध मुद्दा विशेष अदालतमा विचाराधीन छ।

    खाली रहेको उक्त पदमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजी अस्पताल सञ्चालक डा. गिरीलाई जेठमा प्रतिष्ठानको उपकुलपति बनाएका थिए।

    साउनमा नियुक्त रजिस्ट्रार डा.रेग्मी कानुनतः उक्त पदमा अयोग्य रहेको मुद्दा पनि विचाराधीन छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावलीअनुसार रजिस्ट्रार हुन स्वास्थ्य प्रशासन वा व्यवस्थापन वा अन्य विषयमा उच्च शिक्षा प्राप्त गरी प्रशासनमा अनुभव भएको व्यक्ति चाहिन्छ। डा. रेग्मीको प्रशासनमा अनुभव छैन भन्दै मुद्दा परेको छ।

    प्रतिष्ठानमा उपकुलपति र रजिस्ट्रारबीच कामको समन्वय छैन। दुवैका छुट्टाछुट्टै प्यानल छन्। ‘आर्थिक अनियमितता गर्न अग्रसर हुनेहरू फरक–फरक बिचौलियामार्फत उपकुलपति वा रजिस्ट्रारसम्म जान्छन्’, प्रतिष्ठान स्रोत भन्छ, ‘कसले कसलाई हात लिने भन्नेमा हानथाप चल्छ।

    गिरीले पदको दुरुपयोग गर्दै प्रतिष्ठानलाई आर्थिक भार पर्ने गरी, आर्थिक, प्रशासनिक र प्रेस संयोजक नियुक्त गरेको, क्वार्टरमा समेत कार्यालय सहयोगी राखेर व्यक्तिगत प्रयोग हुने सामग्री खरिद गराई प्रतिष्ठानबाट भुक्तानी दिएको थापाको आरोप छ,अन्नपूर्णमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार