Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अघि बढ्यो ई-पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्बभन्दा बढीको ठेक्का

    अघि बढ्यो ई-पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्बभन्दा बढीको ठेक्का

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौँ । सरकारले आगामी कात्तिकदेखि ई-पासपोर्ट ल्याउने तयारी गरेको छ ।

    ई-पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।



    यसअघि ई पासपोर्ट छपाइका लागि आह्वान गरिएको बोलपत्र तीन पटकसम्म रद्द भएको थियो ।



    ई-पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण गर्ने तयारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार