Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • एयरपोर्टबाट स्रोत नखुलेको १० लाख रकमसहित क्षेत्री पक्राउ

    एयरपोर्टबाट स्रोत नखुलेको १० लाख रकमसहित क्षेत्री पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको रकमसहित पक्राउ एक जना व्यक्ति पक्राउ परेका छन्।

    विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ र १ हजार ५ सय अमेरिकी डलर सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २८ वर्षीय आशिष खाती क्षेत्रीलाई शुक्रबार राति विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।



    नेपाल एयरलाईन्सको उडानद्वारा दुवई जान लागेका क्षेत्रीलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।



    उनले के प्रयोजनका लागि उक्त रकम बोकेर गएका थिए भन्ने बारे केही खुलेको छैन।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार