Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • आपूर्तिमन्त्री भट्ट ‘दलालको पनि दलाल’ भएको प्रचण्डको आरोप

    आपूर्तिमन्त्री भट्ट ‘दलालको पनि दलाल’ भएको प्रचण्डको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.3K
    SHARES

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले पूर्व माओवादी नेता रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ‘दलालको पनि दलाल’ भएको संज्ञा दिएका छन् ।

    सम्बोधनका क्रममा प्रचण्डले उनले धनगढीकै नेता समेत रहेका मन्त्री भट्टलाई लक्षित गर्दै उनले भने–‘आफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी ‘दलालको पनि दलाल’ भएर गए ।’



    शनिबार धनगढीमा आयोजित प्रचण्ड–माधव पक्षको आमसभामा बोल्दै दहालले भने–‘मैले हुर्काएका एकजना नेता छन् नि । मैले पटकपटक मन्त्री बनाएको मान्छे । तिनी त अहिले त कता हो कता, सोच्नै नसक्ने गरी गए । मलाई डर थियो, सुदूरपश्चिमको ठूलो नेता यही हो है भनेको थिएँ । अब उनी केपीको वरिपरि घुम्ने भए । केपीको दलाल भए । केपी आफैं दलाल हुन्, दलालको पनि दलाल ।’



    त्यसैगरी पारिवारिक प्रसंगमा बोल्दा पनि अध्यक्ष प्रचण्डले केपी ओलीलाई नै गाली गरे । उनले भने–‘ओलीले बारम्बार मेरा छोराछोरीको कुरा गर्नुहुन्छ । मैले हिजो आफ्ना छोराछोरीलाई क्रान्तिको मैदानमा लगेँ । जसले बन्दूक बोक्न सक्थे बोके । अरुले भूमिगत रुपमा काम गरेँ । अरु नेताजस्तो विदेशमा छोराछोरी पढाउन सकिनँ । सँगै आन्दोलनमा लैजानु मेरो गल्ति हो रु जहिले पनि छोराछोरीको कुरा गर्ने रु’

    संसद विघटन नभइ केपी ओलीको सरकार नै विघटन भएको दावी गरेका उनले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको समेत दाबी गरे ।

    अदालतमा मुद्दा नभइदिएको भए आफूहरुले संसद बोलाउने र ओलीलाई कारवाही समेत गर्ने ठोकुवा गरे ।

    अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेकाले प्रधानमन्त्रीले राष्ट्रघात गरेको कुरा संसदबाट पुष्टि गर्नसक्ने प्रचण्डले चेतावनी दिए ।

    ‘के म निसन्तान भइनँ, मेरा सन्तान भए, मेरो गल्ति हो रु मलाई दोष दिन मिल्छ रु छोराछोरी भए पनि कोही आन्दोलनमा लागे, जेल बसे । आन्दोलनको बेला रोल्पा रुकुमका पाखा–पखेरामा बन्दूक बोकर हिंड्थे । छोरी जवान भएपछि बिहे हुन्छ । बिहे भएपछि ज्वाईं हुन्छन् । छोराको बिहे भएपछि बुहारी हुन्छन् । नातिनातिना हुन्छन् । मेरो दोष हो रु ? प्रचण्डले थपे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार