Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावलले भने– वन मन्त्री तस्करको नाइके हुन्

धनगढी । नेकपा (प्रचण्ड-माधव) समुहका नेता तथा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले वन तथा वातावरण मन्त्री प्रेम आलेलाई तस्करको नाइकेको संज्ञा दिएका छन्।

प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री केपी ओलीले तस्करको नाईकेलाई मन्त्री बनाएको आरोप लगाएका हुन्।

यसअघि गत पुस २४ गते खुलामञ्जमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका वन मन्त्री आलेले रावलको संरक्षणमा सुदूरपश्चिममा वन फडानी भइरहेको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077