Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कुलमान हटेपछिको परिणाम देखिँदै : दैनिक ९ घण्टा लोडसेडिङ हुन सक्ने भन्दै निकालियो सूचना

    कुलमान हटेपछिको परिणाम देखिँदै : दैनिक ९ घण्टा लोडसेडिङ हुन सक्ने भन्दै निकालियो सूचना

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटेपछि देशका बिभिन्न स्थानहरुमा लोडसेडिङ हुन थालेका छन्। यता, प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना सार्वजनिक गरेको छ ।



    प्राधिकरणको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ ।



    इटहरी वितरण केन्द्रबाट वितरित विद्युत आगामी फागुन १२ गतेसम्म ९ घण्टा कटौती हुन सक्ने उल्लेख छ ।

    यस्तै आज गुल्मी वितरण केन्द्रको ३३ केभी फिडर अन्तर्गतका तम्घास, पुर्कोट, धुर्कोट र इस्मा मदाने मालिका लगायतका क्षेत्रमा ११ केभी लाइन निर्माण गरिने भएपछि दुई घण्टा विद्युत कटौती हुने भएको छ ।

    बिहान ११ बजेदेखि १ बजेसम्म विद्युत कटौती हुने भएकाले ती क्षेत्रका ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार