Online Nepal
  • बिहिबार, ४ पुष २०८१
  • चिनियाँ कम्पनीसहित चार कम्पनी कालोसूचीमा

    चिनियाँ कम्पनीसहित चार कम्पनी कालोसूचीमा

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुजन कडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौं, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई कालोसूचीमा राखेको हो ।



    यसैगरी जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइना (जेजेईसीसीएल)–पप्पु कन्सट्रक्सन तीनकुने–कोशी एण्ड न्यौपाने निर्माण सेवा नयाँबानेश्वरलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।



    यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि सरकारले कालो सूचीमा राखेको हाे। कालो सूचीमा परेका निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार