Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

    प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सैनिक मुख्यालयमा आज प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत बेरीबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।



    राजदूत बेरी पछिल्लो समय  भेटघाटमा सक्रिय भएका छन् । उनले यसअघि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेका थिए ।



    अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएसंगै उनका नितिहरुको बारेमा जानकारी दिन बेरीले भेटघाट बढाएका हुन् ।अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्‍याउदै आएको छ ।

    पछिल्लो समयमा एमसीसी पास गर्ने कि नगर्ने भन्ने बिषमा बिवाद भइरहेको र राजनिक बृतमा समेत उतरचढाव भइरहेको बेलामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार