काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जनाएको छ।
बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’आजसम्म ७७ जिल्लाका सबै खोपबुथबाट गरी जम्मा ४६ हजार १९७ जनाले लगाएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
खोप लगाएकाहरु केहीलाई स्वास्थ्यमा सामान्य असर देखिएको जानकारी आए पनि ती व्यक्तिहरुमा केही समयपश्चा आफै निको भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कसैलाई पनि जटिल समस्या भने नदेखिएको मन्त्रालयले जनाउँदै मन्त्रालयले ढुक्कका साथ खोप लगाउन लक्षित वर्गमा अनुरोध गरेको छ । भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबारप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।
Leave a Reply