Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न उठाएको छ : कमल थापा

    संसद विघटनले संविधानमाथि गम्भीर प्रश्न उठाएको छ : कमल थापा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् ।

    जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताए ।



    पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गरे । उनले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गरे ।

    देशब्यापी सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो । बैठकमा नेताहरु ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र कार्यसूचीलाई स्थापित गर्ने विषय अहिलेको प्रमुख विषय भएको धारणा राखे । आजको बैठकमा एकतीस जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार