Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • केपी ओली बेइमान, धुर्त र ठग रहेछन् : प्रचण्ड

    केपी ओली बेइमान, धुर्त र ठग रहेछन् : प्रचण्ड

    ओलीलाई हिजोका राजा महाराजाका धुपौरेहरूको साथ छ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.9K
    SHARES

    विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली धुर्त र ठग रहेको बताएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल समूहले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीलाई हिजोका सामान्ति राजामहाराहरूलेसमेत साथ दिइरहेको आरोप लगाए।



    ‘पार्टी एकता गर्दा हामीले मार्क्सवाद, लेनिनवाद भन्यौं। सिद्धान्त समाजवाद उन्मुख जनवाद भन्यौं। हामीले दुई अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने भनेर सहमति गर्‍यौं। त्यसमा मेरो र केपी ओलीको हस्ताक्षर छ’ प्रचण्डले भने, ‘केपी ओली बेमाइन रहेछन्, साच्चै धुर्त र ठग रहेछन्। यति बेइमान गरेको देख्दा आश्चार्य लाग्छ।’



    यस्तो छली, ठगी र खुराफात गर्ने मान्छे कसरी त्यहाँ पुगेको होला भन्दै प्रचण्डले प्रतिप्रश्न गरे। ‘अहिले हेर्नुभयो भने केपी ओलीको पक्षमा हिजोका राजा महाराजाका धुपौरेहरू छन्। यो साँचो कुरा हो। ध्यान दिनुहोला।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार