Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जर्मनीमा कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

    जर्मनीमा कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ ।

    एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभाबकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै जर्मनीमा वृद्धवृद्धालाई यसको प्रयोग नगर्न सिफारिस गरिएको हो ।



    वैज्ञानिक तथा विशेषज्ञहरूको एक समितिले बेलायतस्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको अस्ट्राजेनेकाको खोपलाई १८ वर्ष देखि ६५ वर्ष उमेर समूहमा प्रयोग गर्न सुझाब दिएको हो ।



    समितिले भनेको छ, “अहिले उपलब्ध तथ्याङ्कमा ६५ वर्ष र त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा प्रयोग भइ यसको प्रभावकारिता पुष्टि गर्ने आधारहरू अपर्याप्त देखिएकोले जर्मनीमा उक्त उमेर समूहमा यसलाई प्रयोग नगर्न उचित हुने निष्कर्ष निकालिएको छ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार