Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यानाडा पठाईदिन्छु भन्दै ठगी धन्दा, ९० लाख ठग्ने एकजना पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानाडा पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्वतको मोदी गाउँपालिका–७ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–३० शिसुवा बस्ने ३८ वर्षका धिरज कुमार बिश्वकर्मा रहेका छन् ।

पक्राउ परेका बिश्वकर्माले आफु लामो समय देखी बिदेश बसेको र युरोप, क्यानाडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्दै स्थानीय युवाहरूलाई ठगी गर्ने गरेका थिए ।

उनले कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगाएतकाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि ठगी गरका थिए । उनले ३३ जना युवाहरूबाट ९० लाख ७१ हजार ५०० रूपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिश्वकर्मालाई कास्कीको महानगरपालिका–१० रामबजारबाट मंगलबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077