Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरीखाने अभियान’ सुरु

काठमाडौं । नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ ।

कांग्रेसले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन गरेर नेपाली जनतको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजनासहित अभियानको सुरू गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए ।

‘अभियान नेपाली कांगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ पत्रकार सम्मेलनमा उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077