Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • केपी ओली लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहनामा छन् : प्रचण्ड

    केपी ओली लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहनामा छन् : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 3.1K
    SHARES

    बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ बन्ने बाटोमा रहेको बताएका छन् ।

    बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहले बुटवलमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको आरोप लगाए ।



    ‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा(आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’उनले भने, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’ जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उनले बताए । ‘विगतमा पनि राजालाई जनताले नै जंगल पठाएका हु्न्,’उनले भने,‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् ।’



    अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार