Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीले संघीयता नै खारेज गर्न खोजेको माधव नेपालको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै खारेज गर्न लागेको दावी गरेका छन् । 

बिहीबार पेरिसडाँडामा बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको आरोप लगाए । 

साथै ओलीले प्रतिनिधि सभा विघटन गरेर इतिहासमा कलंकको टीका लगाएको उनको भनाइ थियो । उनले संविधानविपरीत संसद विघटन गर्ने ओलीको प्रतिगामी कदमविरुद्ध जनता सडकमा ओर्लिसकेकाले संसद पुनर्स्थापना हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077