Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किन सुधार्न सकेनन् देउवाले बिग्रिएको छबी, संसद बिघटनको मुद्दामा ढुलमुले नीति

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सभापति शेरबहादुर देउवाको बिग्रिएको छविसँग फेरी खेल्न थालेको छ।

देउवा पक्षिय नेता तथा कार्यकर्ताहरु भने अहिले देउवाले आफ्नो छबी सुधारेको वताउने गरेका छन्। संसद बिघटनको मुद्दामा देउवाले ढुलमुले नीति अख्तियार गरेका छन्।

प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको आरोप खेप्दै आएका देउवाले २० प्रतिशत छवि सुधार गरेको चर्चा छ । देउवा फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएपछि पौडेल समूहलाई तनाब भएको कुराले अहिले कांग्रेसभित्र चर्चा पाएको छ ।

नेकपा कानूनी रुपमा विभाजन हुनेवित्तिकै सबैभन्दा ठूलो फाइदा कांग्रेस र सभापति देउवालाई हुनेछ । देउवा पार्टीमा पुनः सभापति हुनेछन् । सर्वोच्च अदालतले संसद पुनःस्थापना नगरेर निर्वाचनमा जान भन्यो भने देउवाले टिकट बाँड्नेछन् ।

देउवाले आफू निकटका नेताहरूलाई धेरै टिकट दिने अवस्था आउने देखिन्छ । यस्तो अवस्था भयो भने पौडेल समूहलाई तनाब हुने वताइन्छ  ।

देउवाले पार्टी र सरकार पौडेललाई राष्ट्रपतिको लोभ प्रचण्ड–माधव समूहले दिएका छन् ।

राष्ट्रपतिको लोभमा परेका पौडेल कुनै पनि हालतमा त्यो पद पाउने पाउने अवस्था अहिले देखिदैन  । संविधानले एउटा महिला र पुरुष हुनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउँदा पनि उप–राष्ट्रपति पुरुष भएकाले पौडेललाई राष्ट्रपति बन्न समस्या छ । प्रचण्डले पौडेललाई सहज रुपमा राष्ट्रपति पद दिनेछैनन् ।
पौडेलले यो कुरा पनि राम्रोसँग बुझेका छन् । पौडेललाई सबैभन्दा तनाब देउवाले पार्टी कब्जा गर्छ भन्नेछ ।

संसद पुनःस्थापना भयो भने सबैभन्दा धेरै अस्थिरता हुनेछ । कांग्रेस तेस्रो पार्टी बन्नेछ । विभाजित भएको भनिएका ओली र प्रचण्ड–माधव समूह पुनः एकीकरण हुने सम्भावना पनि छ । मधेस केन्द्रित दल र नेकपा मिलेर सरकार बनाउने सम्भावना छ ।

त्यो अवस्था आयो भने कांग्रेसलाई झन् तनाबको अवस्था रहनेछ ।

देउवाले दुबै नेकपाका नेताहरूलाई कानूनी रुपमा विभाजन भएको प्रमाण ल्याउन भन्दै आएका छन् । देउवाले दुबै समूहलाई खुलेर समर्थन गरेका छैनन् । देउवाले ओलीलाई साथ दिएको पौडेल समूहको आरोप छ । देउवाले ओलीलाई साथ नदिएको भए नेकपा विभाजनको चरणमा पुग्ने थिएन । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077